• गृहपृष्ठ
  • क्यान इन्फोटेक आगामी फागुन २ देखि ७ सम्म,प्रभु पे मुख्य प्रायोजनमा

क्यान इन्फोटेक आगामी फागुन २ देखि ७ सम्म,प्रभु पे मुख्य प्रायोजनमा

Dec 18th, 2019

काठमाडौ, पुुस २

कम्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा आज प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वोर्ल्डलिंकको पत्रकार सम्मेलन काठमाडौँको इन्द्रेणी फूड ल्याण्ड नयाँबानेश्वोरमा सम्पन्न भएको छ ।

कम्युटर एसोसिएसन नेपाल महासंघले यो वर्ष क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालको सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ ।

सन २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ । प्रदेश नं। १ को इटहरी, प्रदेश नं। २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल , कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरिय तथा प्रदेश ५ को नेपालगञ्ज मा जिल्ला स्तरिय प्रर्दशनीको आयोजना गरिने छ ।

२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स- प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इ-पे ले प्रायोजन गरेको छ । सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले गरेको छ ।