• गृहपृष्ठ
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

Dec 18th, 2019

काठमाडौं, पुस २

नेपालकै पहिलो राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका अनुज अग्रवालले बुुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुुन । सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देव कुमार ढकाल, निर्देशक गोविन्द नागिला समेतको उपस्थिती रहेको थियो ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट संचालक चन्द्र प्रसाद ढकाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव इश्वर बन्धु गौतमको उपस्थिती रहेको थियो । बैंकको संचालक समितिमा नेपाल सरकारबाट मनोनित रामशरण पुडासैनी रहेकाछन भने अनुज अग्रवाल, चन्द्र प्रसाद ढकालर लालमणि जोशी हालै सम्पन्न बैंकको प्रथम वार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भएकाछन ।