• गृहपृष्ठ
  • सिभिल बैंक र नेशनल बैंकिङ्गबिच सम्झौता

सिभिल बैंक र नेशनल बैंकिङ्गबिच सम्झौता

Dec 18th, 2019

काठमाडौं, पुुस २

सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबिच सम्झौता भएको छ । सम्झौता अनुसार एन.बी.आईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्गकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेकाछन । बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्वारा ग्राहक सेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना बनाएको छ ।

नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ८० पुगेको छ ।