• गृहपृष्ठ
  • नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै

नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै

Dec 18th, 2019

काठमाडौ, पुुस २

नेप्से आज बुुधबार पुुन घटेको छ । सोही आधारमा आज कमाउने भन्दा गुमाउने समुह धेरै भएकाछन । नेप्से तीन दसमलव तीन अंकले घटेर ११ सय ५२ दसमलव सात अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव आठ अंकले घटेर दुई सय ५२ दसमलव ४७ अंकमा झरेको छ । एक सय ६५ कम्पनीहरुको पाँच हजार एक सय ४४ वटा कारोवारमा नौ लाख ४७ हजार आठ सय ५३ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम २९ करोड ४७ लाख नौ हजार आठ सय ५८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा नौ वटा समुहको सुचक घटेकाछन तीन वटा समुहको सुचक बढेकाछन । यि मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ७४ अंकले घटेर एक हजार ४१ दसमलव ७४ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि सात दसमलव ३९ अंकले घटेर नौ सय ३८ दसमलव ४३ अंकमा पुुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । टे«डिङ, बिकास बैक र अन्य समुहको सुचक भने बढेकाछन ।

कमाउने कम्पनीको सुचीमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल सेवा लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनएमबी बैंक पहिलो स्थानमा परेकाछन ।