चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओमा

Dec 18th, 2019

मकाओ,२ पुस (रासस/सिन्ह्वा)

चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओ पुग्नुभएको छ । बुधबार अपराह्न उहाँ मकाओ पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव तथा चिनियाँ केन्द्रीय सैन्य परिषदको अध्यक्ष हुनुहुन्छ ।

उहाँ मकाओ चीनलाई हस्तान्तरण गरिएको २० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनुहुने अनुमान गरिएको छ । यसका साथै उहाँले मकाओको निरीक्षण गर्नुहुने कार्यक्रम पनि रहेको बताइएको छ । तर यस कार्यक्रमको बारेमा विस्तृत विवरण भने दिइएको छैन ।