विभिन्न धनमाल चोरी

Dec 18th, 2019

काठमाडौं, २ पुस

काठमाडौं महानगरपालिका १४ कलंकी डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका १३ पिपरा घर भएका ४१ वर्षीय सुरज कोईरालाको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी १ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका २६ कपुरधारा डेरा गरी बस्ने मोरङ घर भएका २२ वर्षीय बसन्त विकको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका २६ गल्कोपाखा डेरा गरी बस्ने मकवानपुर घर भएको गंगा थापाको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।