• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

Dec 18th, 2019

भक्तपुर, २ पुस

सूर्यविनायक नगरपालिका ४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।