लागूऔषध सहित पक्राउ

Dec 18th, 2019

कास्की, २ पुस

पोखरा महानगरपालिका ५ ज्योती मार्ग बस्ने दोलखा भिमेश्वर नगरपालिका ५ घर भएका ३० वर्षीय नारायण मुग्रातीलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ३४ एम्पुल, डाईजेपाम ३४ एम्पुल, फेनरागन ३४ एम्पुल र मोबाइल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले मुग्रातीलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।