• गृहपृष्ठ
  • प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्रको उद्घाटन

प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्रको उद्घाटन

Dec 18th, 2019

काठमाडौ, पुुस २

नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिटको बुधबार आयोजित एक समारोहमा उद्घा टन गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नवनिर्मित रक्तसंचार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संयुक्त रुपमा तथा फिजियोथेरापी रिहाविलिटेशन युनिटको प्रहरी महानिरीक्षक खनालले उद्घााटन गर्नुभएको हो । उद्घा टन पश्चात उहाँहरुले उक्त केन्द्र र युनिटको अवलोकन समेत गरे ।

सो अवसरमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरी महानिरीक्षक खनाललाई राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट सहयोग स्वरुप ४० लाख रुपैयाँ बराबरको चेक समेत हस्तान्तरण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गर्दै प्रहरीले कर्तव्य निर्वाहको क्रममा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न नवनिर्मित केन्द्र र युनिटले सहयोग पुर्याचउने बताउनुभयो । प्रहरी अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरमा अझै वृद्धि गर्न प्राप्त साधनस्रोत थप उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल प्रहरी अस्पतालले बाढी, पहिरो लगायतका विषम परिस्थितिमा समेत समुदायमा गएर प्रदान गर्दै आएको सेवा अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उपचार सेवालाई थप प्रभावकारी बनाउन इमानदारिता, लगनशील र एकजुट भई अगाडि बढ्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । राष्ट्रिय वाणिज्य बैंकले एटिएम संचालन, समुदाय(प्रहरी साझेदारी कार्यक्रममा पुर्यानएको सहयोग लगायतका कार्य उच्च प्रशंसनीय रहेको बताउँदै अन्य विविध कार्यक्रममा सहयोग र समन्वय हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल प्रहरीसँग थप अन्य क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.दुर्गा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.मिनराज पाठकले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

रक्त संचार केन्द्र स्थापनाले अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक रगत चौबिसै घन्टा सुलभ आपुर्ति, ईच्छुक रक्तदान प्रक्रियामा सहजता र व्यवस्थापन हुने तथा अन्य अस्पतालका बिरामीहरुलाई समेत रगत उपलब्ध गराई सामाजिक सेवामा समेत नेपाल प्रहरी अस्पतालको भूमिका स्थापना हुने विश्वास गरिएको छ । आधुनिक चिकित्सा विधिको उपचारको माध्यमको रुपमा रहेको फिजियोथेरापी रिहाविलिटेशन युनिटको सेवाबाट घाइते, दीर्घरोग लागेका र शारीरिक रुपमा अशक्त बिरामीहरुले छिटो भन्दा छिटो शारीरिक लाभ प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, राष्ट्रिय वाणिज्य बैंकका पदाधिकारीहरु, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रक्त संचार केन्द्रका प्रमुख लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।