सेञ्चुरी बैंकको नयाँ बचत खाता सुरु

Dec 18th, 2019

काठमाडौ, पुुस २

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता सेञ्चुरी सेभिङ प्लस एकाउन्टको सुभारम्भ गरेको छ । बैंकका अनुसार ५० हजार रुपैयाँ न्युुनतम मौज्दात भएको यो खातामा बार्षिक छ दसमलव पाँच प्रतिसतका दरले त्रैमासिकरुपमा ब्याज भुतmानी गरिने छ ।

यो खातामा १० लाख सम्मको प्राणघातक रोग/दुर्घटना/दीर्घकालीन अशक्तताको बीमा आईएमई जनरल इन्स्योरेन्सबाट गर्ने सकिने व्यवस्था मिलाईएको छ । सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुटसमेत दिइनेछ । उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्धारा गरिएको हो । साथै सो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थितीरहेको थियो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।