• गृहपृष्ठ
  • चिनियाँ राजदूतावासद्वारा प्रहरीलाई २३ वटा मोटरसाइकल हस्तान्तरण

चिनियाँ राजदूतावासद्वारा प्रहरीलाई २३ वटा मोटरसाइकल हस्तान्तरण

Dec 18th, 2019

काठमाडौं, २ पुस

नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदुतावासका First Secretary Wang Xiao Long  ले उक्त मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा चिनियाँ राजदूतावासका First Secretary Wang Xiao Long बाट महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सिसिटिभि कक्षको अवलोकन भ्रमण समेत भएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागि चिनियाँ राजदूतावासलाई धन्यवाद व्यक्त गर्नुभयो । उपलब्ध भएका २३ वटा मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उहाँले जानकारी दिनुभयो ।

चिनियाँ राजदूतावासका प्रतिनिधि First Secretary Mr.Wang Xiao Long ले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले शदियौंदेखिको नेपाल चीनवीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै मोटरसाइकलहरूको सहयोग यसै प्रगाढ सम्बन्धको प्रतिक भएको विचार व्यक्त गर्नुभयो ।

उक्त सहयोगले काठमाडौं उपत्यकाका अत्यधिक जनघनत्व र भौतिक संरचनाहरूको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अबस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ ।