नेप्से बढ्यो, कारोवार रकम घट्यो

Dec 17th, 2019

काठमाडौ, पुुस १

नेप्से बढेपनि कारोवार रकम आज मंगलबार घटेको छ । नेप्से आज एक दसमलव २६ अंकले बढेर ११ सय ५५ दसमलव ३७ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दसमलव २४ अंकले घटेर दुई सय ५३ दसमलव २८ अंकमा झरेको छ । आज एक सय ६७ कम्पनीहरुको चार हजार सात सय ३६ वटा कारोवारमा आठ लाख ४० हजार छ सय ७७ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम २७ करोड ९२ लाख ४४ हजार एक सय ३५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा आठ वटा समुहको सुचक बढेपनि चार वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ५९ अंकले घटेर एक हजार ४२ दसमलव ९८ अंकमा झरेको छ भने होटल, फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज पाँच दसमलव तीन अंकले बढेर १५ सय ७९ दसमलव ४६ अंकमा पुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने एनएमबी बैंक परेको छ ।