• गृहपृष्ठ
  • सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु

Dec 17th, 2019

काठमाडौं, पुस १

धनुषा र रोल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । धनुषा, जनकपुर उपमहानगरपालिका १८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ज.९ प ८५६५ नम्बरको मोटरसाइकललाई सोमबार सावझ ठक्कर दिँदा गम्भीर घाइते भएला मोटरसाइकल चालक सोही उपमहानगरपालिका १७ कनकपट्टी बस्ने ४२ वर्षीय बिनोद यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीलौ खोजी गरिरहेको छ ।

रोल्पा, रुन्टिगढी गाउँपालिका २ स्थित सडकमा रा.१ त २२२१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका १ घोडागाँउ बस्ने ३० वर्षीय सोनु नेपालीको उक्त ट्रयाक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।