• गृहपृष्ठ
  • कामना सेवा विकास बैंकको १०८ औं शाखा बाग्लुङ्गको हल्लन चोकमा

कामना सेवा विकास बैंकको १०८ औं शाखा बाग्लुङ्गको हल्लन चोकमा

Dec 17th, 2019

काठमाडौ, पुुस १

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं०३ स्थित हल्लन चोकमा यही मंसिर ३० गते आफ्नो १०८ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका हुुन ।

कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्दोग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी ,समाजसेवी बलावति शर्मा ,गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।