• गृहपृष्ठ
  • एसईई दिने विद्यार्थीहरुका लागि डिशहोमको सौगात तयारी कक्षा (तालिकासहित)

एसईई दिने विद्यार्थीहरुका लागि डिशहोमको सौगात तयारी कक्षा (तालिकासहित)

Dec 17th, 2019

काठमाडौं पुुस १

डिश होमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईईतयारी कक्षा प्रसारण गर्ने भएको छ । कम्पनीका अनुुसार यो तयारी कक्षाको प्रसारण डिश होमको शोकेस २ च्यानल मार्फत् गरिने गरिने छ ।

डिशहोमले संचालन गरेको कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन् । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा मंगलबारदखी शुरु भई फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् ।