• गृहपृष्ठ
  • ह्वावेका सात नयाँ उत्पादनहरू नेपालमा सार्वजनिक ,यस्ता छन् विशेषता

ह्वावेका सात नयाँ उत्पादनहरू नेपालमा सार्वजनिक ,यस्ता छन् विशेषता

Dec 17th, 2019

काठमाडौ पुस १

ह्वावे नेपालले सात वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीका अनुुसार ह्वावेको पछिल्लो फ्ल्यागशिपह्वावे मेट ३० प्रो, वाइनाइन एस स्मार्टफोनसहितवाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स थ्रीतथाफ्रिल्यान्सजस्ता वेयरेबलहरू सोमबार नेपालमा सार्वजनिक गरेको हो ।

सार्वजानिक गरिएको ह्वावे मेट ३० प्रोमा किरिन ९९० एसओसी रहेको कम्पनीले बताएको छ । साथै यसमा ७एनएम र इयूभीप्रोसेसको प्रयोग भएको छ । ह्वावे सुपरचार्ज तथा ईएमयूआई १० ले मोबाइल प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री तथा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ । यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ । यसमा ४० एमपीसिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा,८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ । यसको फ्रन्ट क्यामरा ३२ एमपीको हो । यसको मुल्य एक लाख २९ हजार नौ सय तोकिएकोे छ ।

त्यस्तैगरि कम्पनीको ह्वावे वाच जिटी टु पनि अतिप्रतिक्षित ह्वावे उत्पादन हो । किरिन एआई चिपजडित यसमा उच्चकार्यक्षमता तथा कम ब्याट्री खपत गर्ने गर्दछ । यसमा दुई हप्तासम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ । ४२ एमएमकलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्ने गर्छ जुन एक हप्तासम्म टिक्नेछ । यस स्मार्टवाचमानयाँविशेषताहरू र फङ्ग्सनहरू छन् । १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्यबारे विशेष चासो राख्नेहरूकालागिउपयुक्त छ । यसको मुल्य २९ हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीको ब्यान्ड फोर तथा ब्यान्ड फोर ई पनिलन्चगरिएको छ । ह्वावे ब्यान्ड फोरमाभएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मुटुको धड्कन थपएक्युरेसीका साथ मनिटर गर्ने, ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाइजमोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू छन् । ब्यान्ड फोर तथा ब्यान्ड फोर इ मुल्य क्रमश चार हजार चार सय र तीन हजार चार सय तोकिएको छ । यसका साथै कम्पनीले आइएफएकन्ज्युमर इलेक्ट्रोनिक्स शो मा ११ वटा बेस्ट अफआइएफए मिडिया अवार्डहरू जित्न सफलह्वावे फ्रि बड्स थ्री ट्रु वायरलेस ब्लुटुथ इयरफोनहरू पनि सार्वजानिक गरेको छ । यसको मुल्य २० हजार नौ सय तोकिएको कम्पनीले जनाएको छ । त्यस्तैगरि ह्वावे एक्सेसरिजको अर्को दमदार उत्पादनह्वावे फ्रि लेस पनि सार्वजानिक गरिएको छ । यसको मुल्य नौ हजार नौ सय तोकिएको छ ।

साथै कम्पनीले वाइनाइन एस स्मार्टफोन पनि सार्वजानिक गरेको छ । अटो पपअपक्यामरा भएको यो स्मार्टफोन चर्चित वाइनाइनप्राइम २०१९ को अपग्रेडेड भर्जन हो । कम्पनीका अनुसार यस स्मार्टफोनमा आधुनिक र आर्क्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपीएआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ । यसको मुल्य भने घोषणा हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

मोवाईफोन सार्वजानिक कार्यक्रममा ह्वावेले खुलाइको सिस्टम निर्माण गर्ने आफ्नो लक्ष्यबारे जानकारी गराएको थियो । ह्वावेका आफ्नै प्रविधिहरू ह्वावे मोबाइल सर्भिस, ह्वावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथाएआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई बिनाकुनै समस्या कनेक्ट हुनका सो खुलाइको सिस्टमले सम्भव तुल्याउँने बताईएको छ । कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले ह्वावे ग्लोबल र ह्वावे नेपालले स्थानीयबजारमा गरेको प्रदर्शनका बारेमा कर्पोरेट प्रिजेन्टेशन प्रस्तुत गरेका थिए ।

ह्ववेले आईसिटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आफ्नो ध्यान केन्द्रितगर्दै आएको छ। ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगका अनुसार सन् १९९९ यता ह्वावेले टु/थ्री/फोर टेक्नोलोजिज तथा सलुसन नेपालमा भित्र्याउँदैै टेलिकम अपरेटरहरूलाई ग्रामीण क्षेत्रमा पनि कम्युनिकेशन नेटवर्क तत्कालै जडान गर्न, टेलिकम्युनिकेशन सेवाको गुणस्तर सुधार्न तथा डिजिटल नेपालको भौतिक आधार निर्माण गर्न सघाउँदै आएको छ । नेपालको झण्डै तीन करोड जनसंख्याह्वावेको सलुसनबाट प्रत्यक्ष रूपमालाभान्वितहुने कम्पनीको भनाई छ ।

सन् २०२० माह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमल्याउँन लागेको जनाएको छ । सो कार्यक्रम नेपाल सरकार तथाविश्वविद्यालयहरूसँग समन्वय गरी आईसिटी ट्यालेन्टहरू छनौट गर्ने तथातिनीहरूलाई चीनमा प्रक्षिक्षण कार्यक्रममा पठाउने अवसरहरू प्रदानगरिनेछ । सन् २०१५ माह्वावेले नेपाल सरकार तथा टेलिकम अपरेटरहरूलाई शक्तिशाली भूकम्पपछि नेटवर्कहरू रिकभर गर्न र भूकम्पपछिको उद्धार कार्यलाई सघाउन टेलिकम्युनिकेसनलाई सहज बनाउँदै ठूलो सहयोग गरेको थियो । ह्वावेले सगरमाथा आधार शिविरमा वायरलेस बेस स्टेशन निर्माण गर्न टेलिकम अपरेटरहरुलाई सघाएको थियो । ह्वावेले नेपालमा फाइभजी, क्लाउड तथाएआई जस्ता प्रविधिहरू ल्याउने पनि बताएको छ ।
कार्यक्रममा ह्वावे नेक्स्ट अर्थात् ह्वावे मोबाइल सर्भिसेस (एचएमएस)को बारेमाप्रकाशपारिएको थियो ।

नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहितअनुभवप्रदानगर्नका लागिह्वावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ।ह्वावे मोबाइल सर्भिसेसमाह्वावे एपग्यालरी, ह्वावे ब्राउजर, ह्वावे मोबाइल क्लाउड, ह्वावे थिमहरू, ह्वावे म्य’जिक, ह्वावे भिडियो, ह्वावे असिसटेन्ट तथाअन्यएचएमएस एपहरू ह्वावे आइडी, ह्वावे हेल्थ, ह्वावे थिम, ह्वावे म्युजिकतथाअन्य धेरै रहेका छन् ।ह्वावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथातीनहजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालनगर्दैछ भने दुई वर्षभित्र उक्तलगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पु¥याउँदैछ । रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी संख्यापाँचहजार पु¥याउन लागेको कम्पनीले जनाएको छ ।