• गृहपृष्ठ
  • वृज सिमेन्टद्धारा “एक्सपर्ट मेशन क्लब” सञ्चालन

वृज सिमेन्टद्धारा “एक्सपर्ट मेशन क्लब” सञ्चालन

Dec 17th, 2019

काठमाडौ पुुस १

वृज सिमेन्टले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” माआवद्धगरेर उनीहरुको निःशुल्क रुपमा पाँचलाख रुपैयाँ बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ । यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गरेको कम्पनीले बताएको छ । उक्त कार्यक्रम लाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मीहरुलाई उपहार सहित पासबुक बितरण गरेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिले सम्म कम्पनीले दुई हजार पाँच सय भन्दा बढी निर्माणक्रमीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमी साथिहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट वहाँहरुको सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको बताएको छ । बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र विश्वास जित्न सफल भएको कारण आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथगुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट एस्पर्ट च्वाईस सहित बजार प्रर्वधन शुरु गरिएको कम्पनीको भनाई छ ।