• गृहपृष्ठ
  • ओपोद्वारा ए नाइन २०२० को भ्यानिला मिन्ट एडिशन सार्वजनिक , के के छन् विशेषता ?

ओपोद्वारा ए नाइन २०२० को भ्यानिला मिन्ट एडिशन सार्वजनिक , के के छन् विशेषता ?

Dec 17th, 2019

काठमाडौ पुुस १

ओपोले आफ्नो ए–सिरिज अन्तर्गतको, एनाइन २०२० लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिस्मस र न्यू–ईयर लक्षित गर्दैै कम्पनीले आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञतास्वरुप नयाँ स्मार्टफोन प्रस्तुत गरेको हो ।

गत सेप्टेम्बरमा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२०ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको कम्पनीको दाबी छ, सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो । ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको छ । साथै, यसमा जीबी ¥यामका साथमा १ सय२जीबी सञ्चय क्षमतापनि उपलब्ध गरिएको छ ।

यसमा रहेको ११एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत टेवा पु¥याउँने कम्पनीको भनाई रहेको छ । कम्पनीका अनुसार फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ एफ/१.८ एपर्चरका सहितको ४८एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू दिने अल्ट्रा वाइड ८(एमपी लेन्सपनि उपलब्ध गरिएको छ । यो उपकरणले फोरके भिडियोपनि सपोर्ट गर्छ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको कम्पनीको भनाई छ ।

फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिन भन्दा लामो समय सम्म टिक्ने बताइएइको छ । लगातार एचडी भिडियोको हेर्दा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्ने कम्पनीको दाबी रहेको छ ।ओपो एनाइन २०२०को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२०ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको दाबी गरे । क्रिस्मस र न्यू-ईयर नजिकिँदै गर्दा चिसो मनोरम मौसमको मज्जा लिइरहेका हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ कम्पनीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेको उनले बताए ।कम्पनीको नेपालभर रहेका प्रमुख विक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ । कम्पनीले यसको बजार मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ ।