• गृहपृष्ठ
  • होण्डा व्हिल अफ फर्चुन ३ का विजेताहरु घोषित

होण्डा व्हिल अफ फर्चुन ३ का विजेताहरु घोषित

Dec 16th, 2019

काठमाडौ, मंसिर ३०

होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषणा गरेको छ । सोमवार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले व्हिल अफ फर्चुन लाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् ।
बम्परमा सोहि लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई व्हिल अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारी ज्यूले रु. ४ लाख, आयुष महर्जन ज्यूले रु. ३ लाख, गंगा गुरुङ ज्यूले २ लाख, त्यसै गरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनार ज्यूले रु. १ लाख नगद पुरस्कार जित्नु भयो ।

यसका साथै, मोरङका तोयानाथ गौतम ज्यू र धनगडीका जयेन्द्र खड्का ज्यूले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निशुल्क थाईल्याण्ड भ्रमण जित्नुभयो । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ ज्यु, ऋषि पाण्डे ज्यु, कृष्णमुरारी पुडासैनी ज्यु, मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत निशुल्क दुबई भ्रमण जित्नुभएको छ ।

दशैं तथा तिहार स्किमको अन्त्यसंगै कम्पनीले सम्पूर्ण विजेताहरुलाई बधाई ज्ञापन गर्नुको साथै अगामी दिनहरुमा यस्तै रोचक अफर र सेवाहरु ग्राहकहरुमाझ ल्याउने लक्ष्ये लिएको छ ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।