• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

Dec 16th, 2019

काठमाडौ, मंसिर ३०

मुक्तिनाथ विकास बैंकले मंसिर ३० गतेका दिन पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६०बोनस सेयर सहित) १८.५३ प्रतिशत लाभाँस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राख्नु भएको थियो । सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्नुभएको थियो ।

यस वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति पनि गठन भएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र को चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले बताउनुभयो ।