• गृहपृष्ठ
  • नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चुनिने

नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चुनिने

Dec 16th, 2019

काठमाडौं ३० मंसिर

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध चुनिने भएका छन् ।अध्यक्षमा दुलालको मात्र उम्मेद्वारी परेपछि नयाँ कार्यसमितिको अध्यक्षमा दुलाल निर्विरोध हुने पक्का भएको हो ।

अध्यक्षमा चुनाव लड्ने भनेका प्रकाश कपुरीले उम्मेद्वारी नै दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् । नाडाको आगामी शुक्रबार हुने साधारणसभापछि नाडाको अध्यक्ष दुलाल बन्ने छन् । अहिले उनी उपाध्यक्ष छन् ।

दुलाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् । दुलालले अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेपछि अटोमोबाइल्स क्षेत्रको मनोबल बढाउने खालका काम गर्ने बताए ।
त्यसैगरी नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा १७ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ जना उम्मेदवारले आफनो उम्मेदबारी फिर्ता लिएको अवस्थामा १४ जना केन्द्रीय कार्य समितिका सदस्यहरुको पनि निर्विरोध निर्वाचित हुने अवस्था बनेको हो । नाडाको ४ वटा संस्थागत सदस्यहरुको पनि निर्विरोध उम्मेदवारी परेको नाडाले जानकारी दिएको छ । नाडाको अव बन्ने केन्द्रीय कार्य समिति यस प्रकार हुनेछ । नाडाको विधान अनुसार पदाधिकारीहरुको चयन ४३ औं वार्षिक साधारण सभापछि बस्ने पहिलो केन्द्रीय कार्य समितिको बैठकले गर्नेछ ।