• गृहपृष्ठ
  • इन्टरनेशनल योंग डेमोक्रेटिक युनियनको अध्यक्षमा राप्रपाका कार्की

इन्टरनेशनल योंग डेमोक्रेटिक युनियनको अध्यक्षमा राप्रपाका कार्की

Dec 16th, 2019

काठमाडौ, मंसिर ३०

बेल्जियममा जारी योंग डेमोक्रेटिक युनियनको अन्तराष्ट्रिय सम्मेलनबाट राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिकमत जङ्ग कार्की उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

विश्वका डेमोक्याट पार्टीका युवा संगठनको अन्तराष्ट्रिय संस्थाको रुपमा रहेको आईवाईडियुुमा राप्रयुसंको लामो संलग्नता रहेतापनि नेतृत्व तहमा पहिलोपटक पुगेको हो । आईवाईडियुु विश्वको युवाको सबैभन्दा ठूलो संगठन हो ।

सम्मेलनमा ब्राजिलका ब्रुुनो काजिरो अध्यक्ष पदमा निर्वा्चित भएका छन् । सह अध्यक्ष फिनल्यान्ड, महासचिव जर्मनी, कोषाध्यक्षमा ग्रिसका युवा संगठन बिजयी भएका छन् । ४३ देशका ५२ युवा संगठनको सहभागीता रहेको सम्मेलनमा उपाध्यक्ष पदमा निर्वाचित भएका हिकमत जङ्ग कार्कीले यो राप्रपा र राप्रपाको युवा संगठन मात्रै नभइ नेपाल कै लागि गौरवको कुरा भएको बताएका छन् । अन्तराष्ट्रिय रुपमा नेपालको राजनीतिक परिस्थिति र नेपालको बारेमा अवगत गराउने यो उपयुक्त “प्लाटफर्म“ हो र यसमा नेपालको प्रतिनिधित्व हुन सक्नु खुसीको कुरा हो, यसबाट नेपालका युवाको समस्या पहिचान गर्न, समस्याको सम्बोधन र निराकरणका लागि अन्तराष्ट्रिय लबिङ्ग गर्न सजिलो हुने भएको छ, सदस्य संगठनको रुपमा राप्रयुसं लाभान्वित हुनेछ भने देशको सिङ्गो युवा पंक्तिले पनि यो अवसरबाट लाभ लिन सक्नेछ, कार्कीले भने ।