• गृहपृष्ठ
  • चन्द समूहका भेरी ब्यूरो सदस्यद्वारा आत्मसमर्पण

चन्द समूहका भेरी ब्यूरो सदस्यद्वारा आत्मसमर्पण

Dec 16th, 2019

गुलरिया, ३० मङ्सिर (रासस)

नेत्रविक्रम चन्द समूहका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गर्नुभएको छ ।

अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतबार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै समूह त्यागेको घोषणा गर्नुभएको हो ।

यही मङ्सिर १२ गते राजापुर नगरपालिका वडा नं ४ बाट पक्राउ परेका विकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको थियो ।