• गृहपृष्ठ
  • चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

Dec 16th, 2019

काठमाडौँ, ३० मङ्सिर (रासस)

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ ।
उहाँ ५२ वर्षको हुनुहुन्थ्यो । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस हुनुभएका उहाँलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । उहाँको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिनुभयो ।

उहाँ चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत हुनुहुुन्थ्यो । उहाँका श्रीमती र एक छोरा रहेका छन् । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।