• गृहपृष्ठ
  • सनराइज बैंकको टिमुरेमा १२७ औं शाखा विस्तार

सनराइज बैंकको टिमुरेमा १२७ औं शाखा विस्तार

Dec 15th, 2019

काठमाडौ, मंसिर २९

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले रसुवा स्थित टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यलयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्तरmपमा शाखा कार्यालयको उद्घाटन गरेका हुुन । सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावादोर्जे तामाङ्गले ए.टि.एम को उद्घाटन गरेकाछन । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हाल बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।