• गृहपृष्ठ
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Dec 15th, 2019

काठमाडौ, मंसिर २९

नेपाल कै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापनाभई गत फाल्गुण महिनाबाट औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मिति २०७६/०८/२९ आईतबारका दिन प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । होटल ¥याडिसन, लाजिम्पाट काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु रामशरण पुडासैनी, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र नुमनाथ पौडेलको उपस्थिती रहेको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अग्रवालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनीहरुलाई जानकारी गराए ।

चुक्ता पूँजी १२ अर्ब, प्रति शेयर आम्दानी छ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ एक सय छ रुपैयाँ ५७ पैसा रहेको बैंकको उक्त सभाले नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने गरी जम्मा आठ अर्ब रुपैयाँको शेयर संख्या आठ करोड कित्ता सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारि तगरेको छ । नेपाल सरकारबाट मनोनित १ जना सञ्चालक बाहेक संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने अन्य तीन जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम रहेको उक्त सभाबाट अनुज अग्रवालm चन्द्र प्रसाद ढकाल र लालमणि जोशी आगामी चार वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध निर्वाचित भएकाछन । रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनित सञ्चालक हुन ।

मुलुक भित्र तथा मुलुकबाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिई स्थापना भएको बैंकले विदेशी वित्त बजारबाट अफसोर बण्ड जारी गरी पाँच अर्ब भित्र्याउने कार्य अघि बढाई सकेको छ । स्रोत परिचालनतर्फ दुुई वटा जलविद्युत् आयोजनाहरुमा तीन अर्बलगानी स्वीकृत गरिसकेको छ भने सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन गरिरहेको छ । उक्त परियोजनाहरुलाई आवश्यक स्रोत संकलन गर्दै निकट भविष्य मै लगानी विस्तार गर्देजाने बैंकको योजना रहेको छ ।