• गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्वारा अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई आर्थिक सहयोग

Dec 15th, 2019

काठमाडौं, मंसिर २९

सिद्धार्थ बैंकले पुुर्नस्थापना केन्द्रलाई सहयोग गरेको छ । बैंकले आइतबार प्रदेश नं ३, काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र्रलाई १० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारीरचिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई एक समारोहकाबिच प्रदान गरेका हुुन ।

अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियो थेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ७५ वटा शाखा ( चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा शाखारहित बैंकिङ्ग सेवा, एक सय ९५ एटिएम र १६ सय भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।