• गृहपृष्ठ
  • २० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र जारी हुँदै

२० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र जारी हुँदै

Dec 15th, 2019

काठमाडौं २९ मंसिर

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ । रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गदै सो वचतपत्र जारी गर्न लागिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई मध्यनजर गर्दै बैंकले विगतमा पनि रोजगार बचतपत्र जारी गदै आएको थियो ।

वैदेशिक रोजगारीमा गएर ४ महिना विदेशीमा बसेर फर्किएका श्रमिकले पनि बचत पत्र किन्न पाउँछन् । बचतपत्र पुस १ गतेदेखि २१ गतेसम्म खुला हुनेछ । बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले आवेदन भर्न पाउने छन् ।

वैदेशिक रोजगार बचतपत्र किन्ने व्यक्तिले १० प्रतिशत ब्याजदरसँगै हरेक ६ महिनामा भुक्तानी र ५ वर्ष्भित्र सावाँ पनि फिर्ता पाउनेछन् । बैंकको सूचना अनुसार बचतपत्र किन्ने व्यक्तिले उक्त बचत पत्र बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सुविधा पनि राष्ट्र बैंकले दिएको छ ।

बचतपत्रका लागि काठमाडौं उपत्यका भित्र प्रभु बैंक अनामनगर, नबिल बैंक तीनधारा दरबारमार्ग, सिटिजन्स बैंक कमलादी, माछापुच्छ्रे बैंक लाजिम्पाट, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरमा आवेदनका लागि छुटाइएको जनाइएको छ ।