• गृहपृष्ठ
  • नेपाल एसबिआई बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल एसबिआई बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

Dec 15th, 2019

काठमाडौं, मंसिर २९

नेपाल एसबिआई बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आईतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो । बैंकले आ.व. २०७५/७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र रु. २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १६.८४ प्रतिशतका दरले लाभांश (६ प्रतिसत बोनश शेयर र १०.८४ प्रतिसत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।