नेप्से पहिलो दिन नै घट्यो

Dec 15th, 2019

काठमाडौ, मंसिर २९

साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से घटेको छ । आज नेप्से चार दसमलव ७८ अंकले घटेर ११ सय ६७ दसमलव ८६ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव शुन्य आठ अंकले बढेर दुुई सय ५५ दसमलव ६७ अंकमा पुगेको छ । एक सय ७२ वटा कम्पनीहरुको नौ हजार पाँच सय २१ वटा कारोवारमा २० लाख ७२ हजार दुुई सय ३६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६८ करोड ६० लाख ७६ हजार एक सय ११ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेकाछन भने बाँकी नौ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ८२ अंकले बढेर एक हजरा ५१ दसमलव ७९ अंकमा पुुगेको छ । टे«डिङ र अन्य समुहको सुचक पनि बढेको छ । बिकास बैंक, निर्जिवन बीमा, जलबिद्युत, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा स्पर्श लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा एनएमबी बैंक परेको छ ।