• गृहपृष्ठ
  • निगमले दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने

निगमले दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने

Dec 15th, 2019

काठमाडौं, मंसिर २९

नेपाल वायुसेवा निगमको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने निर्णय गरेको छ । जस अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको दोश्रो साता उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय बृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेेछ ।

यी दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए३३० वाइडवडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने छन् । यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर,मुम्वई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन् ।

निगमसँग हाल दुई ए३२० न्यारोवडी र दुई ए३३० वाइडवडी विमानहरु रहेका छन् । निगम उक्त विमानहरुको उडान घण्टाको आधारमा अन्य गन्तव्य विस्तारको दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेको छ ।