• गृहपृष्ठ
  • १५ बर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गर्ने दुुई जना आरोपीहरू पक्राउ

१५ बर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गर्ने दुुई जना आरोपीहरू पक्राउ

Dec 15th, 2019

काठमाडौ, २९ मंसिर

१५ बर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गर्ने दुुई जना आरोपीहरू पक्राउ परेकाछन । केन्द्र्रिय अनुसन्धान व्युरो सिआईबीका अनुसार बिंस २०६१ बैशाख २६ गते जिल्ला नुवाकोट साविक गोर्स्याङ गा.वि.स. वडा नं.२ हालको तार्केश्वर गाउँपालिका वडा नं. ५ बस्ने जाहेरवाला वाङ्देन लामाको छोरो बर्ष १५ को लैलु लामालाई ऐ.ऐ. वडा नं. ४ कर्छिन्टे स्थित फ्याङबो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा अं. २१ बजेको समयमा जिल्ला नुवाकोट साविक गोर्स्याङ गा.वि.स.८ हाल तार्केश्वर गाउँपालिका वडा नं. ५ बस्ने सन्त बहादुर तामाङ्ग र ऐ. बस्ने केशब लामा समेत चार जनाले टोल टोलको झगडाको विषयलाई लिएर कुटपिट गरी गम्भिर घाईते बनाएकोमा उपचारको क्रममा २०६१ बैशाख २९ गते त्रिशुली अस्पतालमा मृत्यु भएको थियो ।

उक्त कर्तव्य ज्यान मुद्दाका वारदात पश्चात हालसम्म फरार रहेका प्रतिवादीहरु सन्त बहादुर तामाङ्गलाई यही मंसिर २८ गते पाँच बजेको समयमा जिल्ला काठमाण्डौं नागार्जुन न.पा.वडा नं. २ नाम्गेल चोकबाट र केशब लामालाई ऐ. मितिको १७ः३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. १७ ढल्कुबाट प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलिले पक्राउ गरेकोहो ।

पक्राउ प्रतिबादीहरूलाई आवश्यक कारवाहीको आज आईतबार जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाईएको सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिएकाछन ।