• गृहपृष्ठ
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एक करोड ५० हजार बीमा रकम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एक करोड ५० हजार बीमा रकम प्रदान

Dec 15th, 2019

काठमाडौं, मंसिर २८

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलि.जीतपुर शाखाले बीमा दावी वापत एक करोड ५० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा कपिलवस्तु ४ वाण गंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई एक करोड ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।

बीमा समितिका अध्यक्षश्री चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्तरुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरेका हुुन ।

कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले जीवन बीमाको आवस्यकता तथा महत्वका बारेमा प्रकाश पार्दे बीमीतको जीवन नरहेपनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुुरुप उल्लेखित सर्त तथा सुबिधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरेको हो । सो रकमले परिवारका आश्रित सदस्यहरुकोस्तरिय जीवनयापनका साथै सन्ततिको उच्चशिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी बताए । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनी बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । बुटवल १३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमा अन्र्तगत ५० लाखको बीमा गरी पहिलो किस्ता बुुझाएका थिए । पौडेलकी एक छोरी रहेकी छन । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक पाँच गते निधन भएको थियो । कार्यक्रममा बीमा समितिका सहायक निर्देशक पदम प्रसाद सोडारी, नगरका वडाअध्यक्ष, कम्पनीका प्रमुुख बजार व्यवस्थापन अधिकृत कवि फुुयाँल, प्रमुख व्यवसाय अधिकृत मध्यपश्चिम क्षेत्रका सुनिल पोखरेल, विभिन्न शाखाका शाखा प्रमुख, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।