• गृहपृष्ठ
  • बार्सिलोना रियल सोसिडाडसँग २-२ को बराबरीमा रोकियो

बार्सिलोना रियल सोसिडाडसँग २-२ को बराबरीमा रोकियो

Dec 15th, 2019

काठमाडौँ, २९ मङ्सिर

साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगामा शनिबार रियल सोसिडाडसँग २-२ को बराबरीमा रोकिएको छ।

शनिबार भएको खेलमा पहिलो अग्रता रियल सोसिडाडले लियको थियोे । सोसिडाडलाई मिकेल ओयारजाबालले खेलको १२ औँ मिनेटमा पेनाल्टीबाट अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा बार्सिलोनाले ग्रिजमनको गोलमा खेल बराबरी गर्न सफल भयो ।

दोस्रो हाफको सुरुवातसँगै कप्तान लियोनेल मेस्सीको पासमा लुईस स्वारेजले खेलको ४९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। तर ६२ औं मिनेटमा इसाकले गोल गर्दै घरेलु टिम सोसिडाडलाई बराबरीमा पु्‍र्‍याए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल २-२ को बराबरीमा सकियो।
बराबरीपछि बार्सिलोना १६ खेलबाट ३५ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम रहेको छ ।
त्यस्तै  एक खेल कम खेलेको रियल मड्रिडको ३४ अंक सहित दोश्रो स्थानमा रहेको छ।