• गृहपृष्ठ
  • इङ्लिश प्रिमियर लिग: लिभरपुलको जितमा सलाहको दुई गोल

इङ्लिश प्रिमियर लिग: लिभरपुलको जितमा सलाहको दुई गोल

Dec 15th, 2019

काठमाडौँ, २९ मङ्सिर

इङ्लिश प्रिमियर लिग अन्तरगत शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई पराजित गरेको छ। शनिबार भएको खेलमा लिभरपुलले घरेलु मैदान एन्फिल्डमा वाटफोर्डलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन दुवै गोलल सलाहले गरेका थिए । सालाहले
खेलको ३८ औँ मिनेटमा गोल गर्दै लिभरपुलाई अग्रता दिलाएका थिए । त्यसपछि ९०औं मिनेटमा डिभोक ओरिगीको पासमा सलाहले दोस्रो गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै लिभरपुलले १७ खेलबाट ४९ अंक जोडेको छ। पराजित वाटफोर्ड नौ अंक सहित तालिकाको अन्तिममा छ ।