• गृहपृष्ठ
  • शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्र विजयी

शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्र विजयी

Dec 15th, 2019

काठमाडौँ, २९ मङ्सिर (रासस)

शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले पराजित गरेको हो ।

मछिन्द्रका लागि खेलको ३०औँ मिनेटमा योगेश गुरुङले तथा खेलको ५०औँ मिनेटमा दीपक राईले गोल गरेका थिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको ब्रिगेडले दोस्रो हाफमा राम्रो खेल प्रदर्शन गरेको थियो । खेलको म्यान अफ दि म्याच मछिन्द्रका विशाल भए । जितसँगै मछिन्द्रले ३ अङ्क जोडेको छ । दशरथ रङ्गशाला हिलाम्य भएपछि अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा खेल सञ्चालन गरिएको हो ।