• गृहपृष्ठ
  • टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

Dec 14th, 2019

अङ्कारा,२८ मङ्सिर (रासस/सिन्ह्वा)

टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गर्नु भएको छ ।
हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहनु भएका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उहाँँले सो पार्टी परित्याग गर्नुभएको थियो ।

त्यसपछि हालै मात्र नयाँ पार्टी खोलिएको उहाँले घोषणा गर्नु भएको हो । सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुल शुक्रबार घोषणा गर्नुभएको हो ।

“यो फ्युचर पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उहाँले भन्नुभयो ।
विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी घोषणा भएको पनि उहाँले बताउनु भएको छ । देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । पूर्व विदेशमन्त्री समेत रहनु भएका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बन्नु भएको थियो । उहाँ टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि हुनुभएको थियो ।