आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 14th, 2019

काठमाडौं, २८ मंसिर

पाँचथर, फाल्गुनन्द गाउँपालिका ३ गुम्वाडाँडा बस्ने कमल परियारको कच्ची घरमा शुक्रबार साँझ आगलागी भई छिमेकी धन कुमार तामाङको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरुपमा जलेर करिब ४४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, दुहबी नगरपालिका ८ स्थित अरिहन्त जुटमिलको कम्पाउण्डमा जुटबाट डोरी निकाली बाँकी रहेको जुटको केदिग स्टोर गरी राखेको स्थानमा शुक्रबार साँझ आगलागी हुँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।