अवैध लागूऔषध सहित पक्राउ

Dec 14th, 2019

काठमाडौं, मंसिर २८

काठमाडौं महानगरपालिका २६ नयाँबसपार्क मित्रनगर स्थित राप्ती छहरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हिरोईन ६ दशमलब २६ ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गेष्ट हाउसको कोठा नम्बर १०२ मा बस्दै आएका दाङ सिसहनिया ५ बस्ने २७ वर्षीय धमेन्द्र गुप्ता र कैलाली लम्की चुहा नगरपालिका १ बस्ने २१ वर्षीय लोकराज जोशी रहेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउस जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।