• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको रामानन्द चोक शाखाको औपचारिक समुद्घाटन

सिद्धार्थ बैंकको रामानन्द चोक शाखाको औपचारिक समुद्घाटन

Dec 14th, 2019

काठमाडौ, मंसिर २८

सिद्घार्थ बैंकले शुक्रबार जनकपुर अवस्थित रामानन्द चोकशाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवबाट भएको थियोे । बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्मबैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १,६०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।