सानिमा बैंकद्वारा रक्तदान

Dec 14th, 2019

काठमाडौ, मंसिर २८

सानिमा बैंकको १५ आंै वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौर संगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

शुुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरिएको थियो । बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।