• गृहपृष्ठ
  • महिन्द्राको प्रदेश नं–२ रौतहटको चन्द्रनिगाहपुरमा अर्को नयाँ थ्रीएस सुविधासहितको शोरुम

महिन्द्राको प्रदेश नं–२ रौतहटको चन्द्रनिगाहपुरमा अर्को नयाँ थ्रीएस सुविधासहितको शोरुम

Dec 14th, 2019

काठमाडौ, मंसिर २८

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

नव स्थापित महिन्द्रा अटोमोबाइल्सका विभिन्न श्रृङ्खलाका सवारी साधन र ट्रयाक्टरहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, रौतहट क्षेत्र नं ४ संघीय सांसद देवप्रकाश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक युवराज भट्टराई समीर, रौतहट– ५का वडाध्याक्ष सञ्जय काफ्ले र वडा नं ३ का वडाध्याक्ष वोधनाथ देवकोटाको उपस्थितिमा शुक्रबार उद्घाटन गर्नुभयो ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ थ्रीएस शोरुम स्थापना गरिएको होे ।

उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ ।

अग्नि ग्रुपका स्थानीय विक्रेता स्नेहा मोटो कर्प प्रालि चन्द्रनिगाहपुर, रौतहटका प्रबन्ध निर्देशक श्री मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभी, पिकअप र ट्रयाक्टरहरू कम्पनीका प्रमुख उत्पादनका रूपमा रहने छन् भने शोरुमले सर्भिसिङका अलवा महिन्द्राका सवारी साधनहरू र ट्रयाक्टरहरूका लागि सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने छ । यो शोरुमले ग्राहकहरूले आफ्नै परिवेशमा यस्ता सवारीसाधनहरूमा सहजै प्राप्त गर्ने उनीहरूको अपेक्षा पूरा गर्नेछ ।

कम्पनीका अनुसार महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको नयाँ थ्रीएस सेटसहितको शोरुम तथा सर्भिस सेन्टरको स्थापनासँगै आउँदा दिनहरू यस क्षेत्रका ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।