विभिन्न धनमाल चोरी

Dec 13th, 2019

काठमाडौं, २७ मंसिर

काठमाडौं महानगरपालिका १७ ढल्कुस्थित पोडे टोल डेरा गरी बस्ने दोलखा घर भएका ३३ वर्षीय रत्न बहादुर नेपालीको कोठाबाट बिहीबार दिउँसो कोही नभएको अवस्थामा नगद १ लाख ५० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब २ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका(१२ बस्ने कमल शाहीको सोही ठाउँस्थित रोयल कर्णाली ईलेक्ट्रो मार्ट मोबाइल पसलबाट बिहीबार दिउँसो नगद तथा बिभिन्न प्रकारका मोबाइल समेत गरी करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।