• गृहपृष्ठ
  • आसरा सुधार केन्द्रमा मिस पुर्वान्चलका प्रतिस्पर्धीहरु

आसरा सुधार केन्द्रमा मिस पुर्वान्चलका प्रतिस्पर्धीहरु

Dec 13th, 2019

धरान, मंसिर २७

धरान वडा न. ६ को पानवारी स्थित आसरा सुधार केन्द्रमा मिस पुर्वान्चल २०१९ को प्रतिस्पर्धीहरुले अवलोकन गरेका छन् । दुव्र्यसनमा लागेकाहरुलाई सुधार्न स्थानीयहरुको सहयोगमा भर्खरी स्थापना गरिएको आशरा सुधार केन्द्रमा उपचारको लागि आएका पुर्व दुर्व्यसनीहरु संग समेत प्रतिस्पर्धीहरुले साक्षाक्तार गरेका थिए ।

उनीहरुले मिस पुर्वान्चलमा प्रतिस्प्रधिहरुलाई जितको सुभकामना दिएका थिए भने प्रतिस्पर्धीहरुकातपÞर्m बाट सुष्मिता बराइलीले सुधार केन्द्र भन्ने बित्तिकै अर्कै सोचेको तर यति राम्रो रैछ भन्दै चाडै नै उपचारमा आएका सम्पूर्णले घर फर्कने वातावरण तयार होश भन्ने कामना व्यक्त गरिन । मिस पूर्वान्चलका प्रतिस्प्रधिहरुलाई आसरा सुधार केन्द्रको काउन्सिलर तथा साईकोलोजिष्ट टिकाराम सिग्देलले लागु पर्दार्थको दुरुपयोग सम्बन्धि अभिमुखीकारण प्रस्तुत गरेका थिए । प्र्रतिस्पर्धीहरुले समेत आफ्नो घर छिमेकका र आफै बिच घटेका विभिन्न यस संग सम्बन्धित कुराहरु गर्दै विभिन्न जिज्ञाशा राखेका थिए । केन्द्रका प्रमुख रामजी कटुवालले प्रतिस्पर्धीहरुको प्रश्नको उत्तर दिदै भबिष्यमा महिला तथा बालबालिका दुर्व्यसनीहरुलाई सुधार्नको लागि एउटा छुट्टै भवन निर्माणको लागि समेत पहल भैरहेको जानकारी दिए ।

केन्द्रको लाइब्रेरी निर्माणको लागि मिस पुर्वान्चल २०१९ बाट केहि सहयोग समेत गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । मिस पुर्वान्चल २०१६ मा समेत टिकट बाट उठेको रकमबाट एउटा कोठा निर्माणमा सहयोग गरिएको थियो ।

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष तथा औजार दैनिकका सम्पादक भिम राई ज्वालाले सडक सुरक्षा र चुनौती सम्बन्धी जानकारी दिएका थिए । आगामी पौष ५ गते सिल्भर इन्टर टेनमेन्ट को आयोजनामा हुने कार्यक्रमको लागि अहिले दैनिक बिभिन्न बिज्ञहरुबाट कक्षा तथा प्रशिक्षण भैरहेको छ ।