• गृहपृष्ठ
  • राष्ट्र बैंकले सोमबार १० अर्ब २३ करोड रुपैयाँको टे«जरी बिक्री गर्ने

राष्ट्र बैंकले सोमबार १० अर्ब २३ करोड रुपैयाँको टे«जरी बिक्री गर्ने

Dec 13th, 2019

काठमाडौं, मंसिर २७

आगामी सोमबार नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको टे«जरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह दुुई बजेसम्म उक्त परिमाणमा टे«जरी जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

टे«जरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । राष्ट्र बैकका अनुुसार बिक्री गरिने कुुल टे«जरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब २३ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ९१ दिने टे«जरीको परिपक्व हुुने २०७६ चैत चार गते तोकिएको छ भने तीन सय ६४ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ मंसिर ३० गते तोकिएको छ । यही मंसिर २३ गते पनि ९१ दिने अवधिको दुई अर्ब २६ करोड रुपैयाँको टे«जरी बिक्री गरेको थियो ।