आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 13th, 2019

काठमाडौं, २७ मंसिर

चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डास्थित सुवर्ण श्रेष्ठको घरमा रहेको एशियन पेन्ट्स र विनायक लेडिज टेलर्समा विद्युतको तार सर्ट भई बिहीबार बिहान आगलागी हुँदा एशियन पेन्टस रंगको डब्बा, कम्प्युटर, बिभिन्न कपडा लगायतका सामानहरु जलेर ३५ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, कानेपोखरी गाउँपालिका २ ढिकुवाडाँगी बस्ने मोहन पाण्डेको भान्छा घरमा ग्याँस लिक भई बिहीबार बिहान आगलागी हुँदा भान्छा घर, नजिकै रहेको मतान घर, अन्नपात र भाँडवर्तन जलेर करिब ५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।