• गृहपृष्ठ
  • १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Dec 13th, 2019

डोल्पा, २७ मंसिर

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जुम्ला गोठीचौरी गाउँपालिका ४ घर भई मुड्केचुला गाउँपालिका ८ बस्ने १९ वर्षीय लोकेन्द्र शाहीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

डोल्पामा खिरौलाको व्यापारका लागि गएका शाहीले ती बालिकालाई सोही ठाउँस्थित घट्टमा मकै पिस्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।