सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Dec 13th, 2019

काठमाडौं, २७ मंसिर

हुम्ला, नाम्खा गाउँपालिका ५ स्थित तुमकोट भेरीमा बा.५ ख ५३४४ नम्बरको टिपर सडकबाट करिब ८ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँ हेप्का बस्ने २६ वर्षीया शोनाम मिगुर लामा र सोही ठाउँ यालबाङ बस्ने ३६ वर्षीय साबेल लामाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालक समेत २ जना घाइते भएका छन् ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका २ हरिपालमा से.६ प २२४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष पन्तको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बेदकोट नगरपालिका १० बस्ने २२ वर्षीय यज्ञराज पन्त घाइते भएकाले उपचारको लागि धनगढी पठाइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।