आई पे र नेपाल बैंकबिच सम्झौता

Dec 12th, 2019

काठमाडौं, मंसिर २६

आइे पे रेमिट प्रा.लि र नेपाल बैंक लि. बिच रेमिट्यान्स सम्झौता भएको छ । नेपाल बैक लि. को प्रधान कार्यालय न्यूरोड, काठमाण्डौ माआई पे रेमिट का कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बा. अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता पश्चात बिश्वको जुनसुकै ठाउँ वाट आई पे रेमिट मार्फत पठाएको पैसा सिस्टम इन्टिग्रेसन पश्चात नेपाल बैंकको सम्पुर्ण शाखा बाट सजिलै भुक्तानी प्राप्त गर्न सकिने छ ।

यसवाट ग्राहाकवर्गलाई थप सहज हुने र सबै ग्राहकवर्गहरुलाई आई पे रमिट को सेवालिन ुहुन आई पे रेमिट का बजार प्रमुख रुप नारायण श्रेष्ठले अनुरोध गरे । साथै नेपाल बैंक मार्फत पठाएको पैसा आई पे रेमिट बाट सजिलै प्राप्तगर्न सकिने कुरा नेपाल बैकका साहायक कार्यकारी अधिकृत लक्ष्मण पौड्यालले बताए ।