• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको दुुई वटा शाखाहरुको औपचारिक समुद्घाटन

सिद्धार्थ बैंकको दुुई वटा शाखाहरुको औपचारिक समुद्घाटन

Dec 12th, 2019

काठमाडौं, मंसिर २६

सिद्घार्थ बैंकले बिहिबार धनुषा अवस्थित विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेबाट भएको थियो भने जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहबाट भएको थियो ।

बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ गतेर जनकपुर शाखा २०७५ चैत्र १७ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्मबैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १,६०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।